Ultimate magazine theme for WordPress.

एमाले युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या

62

काठमाडौं : एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघका प्रवक्त्ता प्रभात विक्रम कटुवालले गोली हानी हत्या भएको नयाँ पेजलाई बताए ।

गोली लागेर ढलेका उनलाई देवदह मेडिकल कलेज अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। देवदहको खैरानीमा उनीमाथि गोली प्रहार भएको हो। देबदहको खैरानी बजारमा मोटरसाइकल चढेर आएका दुई जनाले गोली प्रहरी डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए।

देवदह ८ मा उहाँमाथि आक्रमण भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको छ। घटनास्थललाई घेरा हालेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आक्रमणकारीको खोजतलासका लागि प्रहरी सक्रियता बढाइएको छु, उनले नागरिकन्युजसँग भने।

गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन। पाँच नम्बर प्रदेशबाट पहाड अलग पार्ने गरी संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनमा तिवारी सक्रिय थिए।

Leave A Reply

Your email address will not be published.