Ultimate magazine theme for WordPress.

एमाले उपाध्यक्ष सुभास नेम्वाङको बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको आरोप

72

जगत ठाडा मगर बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेको आरोप लगाएको हो । त्यही क्रममा उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए । ‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’ उनले भने, ‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने बताए । उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए । गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको आरोपसमेत लगाए । ‘सत्तापक्ष प्रतिपक्षका विरुद्ध धुलोपिठो पार्छु भन्दै हिँडेको छ,’ उनले भने, ‘यस्तो संसदीय व्यवस्था दुनियाँमा कतै नभएको बताए । उनले गठबन्धन दलले एमालेलाई घेराबन्दी बनाउन लगाएकोसमेत बताए ।

Leave A Reply

Your email address will not be published.