Ultimate magazine theme for WordPress.

एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा सशस्त्र प्रहरी निरीक्षक पौडेल, तस्करी बापत मासिक ५ लाख नजराना बुझेको आरोप

495

उमेश दुबे
पर्सा, २० पौष / सशस्त्र प्रहरी बल संगठन एउटा असल र इमन्दार संगठनको रूपमा मानिएपनी केही भ्रष्ट प्रहरी अधिकृतहरूको लापरबाही र घूसखोरीले संगठन नै बदनाम हुँदै गएको दुई मत छैन । संगठन भित्रै केही दलाल प्रविर्तीका मान्सिक्ता बोकेका अधिकृतलाई सीमा तिर पठाउदा आफ्नो वर्दी र पावरको सदुपयोग गर्नुको साटो दुरुपयोग गर्नमा ब्यस्त रहेको हेरिन्छ ।
सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी शैलेन्द्र खन्नालले सादा पोशाकमा टोलि परिचालन नगर्न निर्देशन दिएपछि बि.ओ.पि. प्रमुखहरू नै तस्करीको पैसा उठाउनमा आतुर भएको हेरिन थालिएको छ । तस्करी गराउन आतुर रहेका बि.ओ.पि प्रमुखहरू आफ्नो जिल्लाका प्रमुखहरूलाई नजरानाको साथ साथै तस्करको पैसा समेत बुझाउने गरिएको बिषयलाई पर्साको बि.ओ.पि श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलको कार्यले चरितार्थ बनाएको प्रष्ट हेरिन्छ ।
नेपाल र भारत सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले आफ्नो वर्दी र पावरको आडमा तस्करीको लाइन सूचारू गर्नु के कतिको इमान्दारिता पूर्वक कार्य गरेको बारे प्रष्ट हुन्छ । श्रीसिया नाकामा मात्रै ३९ जना तस्करको नामले सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल समक्ष रकम पुगेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । ३९ जना तस्कर मध्ये कोइ हार्डवेयर, इलेक्ट्रोनिक समाग्री, कपडा, किराना, छोहडा, मरिच, केराउ, कस्मेटिक लगायतको तस्करी गर्ने गरेको बताइन्छ ।

श्रोतले जनाए अनुसार सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले मात्र तस्करीको लाइन चलाउन नसकेको कारण सशस्त्र प्रहरी बल १३ नम्बर गणमा डिएसपी अमर खत्री सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर लगायत सङ्ग समन्वय गरि तस्करी कार्य सुचारू भएको बताए । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर पूर्व प्रधानमन्त्रीको ज्वाइँ समेत रहेको कारण आफ्नो पावरको दुरुपयोग गर्दै तस्करीको लाइन चलाएको बुझिन्छ । आफ्नो पद र पावरको भरमा चलाउदै आएको तस्करीको कार्यलाइ समेत माथिल्लो निकायले ध्यान नदिनु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.