Ultimate magazine theme for WordPress.

एक दिन नबितिदै ढलान गरिएको सडक भतकियो

185

उमेश दुबे रौतहट, १ असार / रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ४ को टिकुलिया टोलमा निर्माण भएको सडक ढलानको कार्य एक दिन नबितिदै भतकिएको छ । पिसिसि सडक ढलान कार्यमा गुणस्तरहीन कार्य भएको हुदा एक दिन नबितिदै भतकिएको हो ।
गुणस्तरहीन सामाग्रीहरूको प्रयोगले रकमको दुरुपयोग भएको भन्दै स्थानीय युवाहरू चर्को बिरोध गरे पश्चात् भत्केको ठाउँमा निर्माण कार्यको ठेक्का पाएका व्यक्तिले धमाधम बालुवा, सिमेन्ट र गिट्टी मिसाएर मर्मत गरेका छन तरपनि स्थानीयहरू सो कार्यप्रति असन्तुष्ट रहेको बताएका हुन । स्थानीय निकाय र निर्माण गरेको ब्यक्तीको चरम लापरबाहीले पिसिसी सडक ढलान भतकिन साथ ढाकछोप गर्ने प्रयास गरेको प्रती स्थानीय आक्रोसित भएर बिरोध समेत गरेको बताइन्छ ।
स्थानीयहरूले गुणस्तरहीन कार्यको राम्रोसँग छानबिन र गलती गर्ने व्यक्ति माथि कार्वाही समेत गर्न माग गरेका छन ।

Leave A Reply

Your email address will not be published.