Ultimate magazine theme for WordPress.

उपेन्द्र यादवको गम्भीर आरोप, सप्तरी घटना तीन दल र सुरक्षा निकायको योजनामा

42

भक्तपुर,फाल्गुन २६ :संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्व ढंगले सप्तरी घटना गराएको गम्भीर आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रुपमा सप्तरी घटना गराएको यादवले आरोप लगाएका हुन् ।

बुधबार रफत सञ्चार क्लवसँगको साक्षात्कार अध्यक्ष यादवले प्रधानमन्त्री, गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी  घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको विरोध अरुले पनि गर्न पाउने भएपनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्व रहेको खुलासा गरे ।

संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने,– ‘सप्तरी घटनामा टाउको र छातीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र प्रहरी तथा एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको पुष्टि हुन्छ ।’

एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रुपमा घटाइएको घटनाको जति निन्दा र विरोध गरेपनि कम हुने बताए ।

प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आएपछि उनले सरकारलाई दिएको समर्थन मधेशी मोर्चाको आजको बैठकले फिर्ता लिएको बताउँदै आजबाट सरकार अल्पमतमा परेको बताए । एक हप्ताको अल्टिमेटम दिएर सरकारको समर्थत फिर्ता लिने अडान लिएको उनले बताए ।

स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको बताए ।

उनले भने,– ‘निर्वाचन गर्ने भनियता पनि यो भ्रामाक रहेको भन्दै केन्द्र र प्रदेशको निर्वाचन पश्चात् मात्र स्थानीय तहको निर्वाचन हुन्छ । तोकेको समयमा निर्वाचन गर्न नसक्ने र मधेश बिनानै निर्वाचन गर्छौ भन्नु गैरजिम्मेवारपन हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा संविधान संशोधनको प्रतिबद्धता जनाए पनि प्रतिबद्वता पूरा नगरेर अन्तर्राष्ट्रिय छवी गुमाएको टिप्पणी गरे । ‘राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक चयन जस्ता धेरै विषयमा सरकार चुकेको छ । सरकार तस्कर, भू–माफियाको चंगुलमा फसेकाले संविधान कार्यान्वयनमा भन्दा तस्कर धन्दामा लागेको छ ।’

Leave A Reply

Your email address will not be published.