Ultimate magazine theme for WordPress.

उपत्यका बाहिर जान दिने सरकारको निर्णय फिर्ता

204

पर्सा, २७ चैत्र ÷ लक डाउनका कारण उपत्यका भित्र अलपत्र परेकाहरुलाई बाहिर जान दिने निर्णय सरकारले फिर्ता लिएको छ । प्रदेश सरकारहरुले चौतर्फी बिरोध गर्न थालेपछि संघीय सरकारले उपत्यका बाहिर जान दिने निर्णय फिर्ता लिएको हो ।
सरकारले उपत्यका भित्र अलपत्र रहेकाहरुलाई भोलि र पर्सी बाहिर जान दिने निर्णय गरेपनि केही बेरमै फिर्ता लिएको छ । आज रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सी अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय गरेपनि प्रदेश सरकारको चौतर्फी बिरोधले उक्त निर्णय फिर्ता लिइएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.