Ultimate magazine theme for WordPress.

उपत्यकामा मेट्रो रेल, यही वर्ष ‘काम सुरु’

135

काठमाडौं, ८ पुस । सरकारले राजधानीमा मेट्रो रेल सञ्चलानको तयारीस्वरुप चालू आवभित्रै काम सुरु गर्ने बताएको छ । मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रुत गतिमा अघि बढाउने विषयमा समेत सरकारले विशेष चासो देखाएको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– नेपालमा रेल ‘सपना’ भएको र कामभन्दा कुरा बढी भएको भन्दै सरकारको संसदीय समिति, मन्त्री एवं सांसद्ले रेल सञ्चालनको काम छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

संसद्को विकास समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले काठमाडौंमा मेट्रो रेल अत्यावश्यक भइसकेको बताए । ‘सरकार काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्न प्रतिबद्ध छ’, उनले भने, काठमाडौंमा मेट्रो चलाउनैपर्छ ।’

पूर्व–पश्चिम रेलका लागि पनि आवश्यक तयारी भइसकेको उनको भनाई छ ।

 

Leave A Reply

Your email address will not be published.