Ultimate magazine theme for WordPress.

“ईन्स्योरेन्स क्लब अफ बीरगञ्ज” गठन

148

पर्सा, १५ श्रावण / बीमा कम्पनीहरुको नियमायक संस्था बीमा समितिद्धारा खातामा पैसा जम्मा भएपछि मात्रै बीमालेख जारी गर्ने कडा निर्देशन पश्चात बीमा क्षेत्रमा आएको तरङ्गलाई आत्मसात गर्दै बीरगञ्जका निर्जिवन बीमा कम्पनीका कर्मचारीहरु एकजुट भई “ईन्स्योरेन्स क्लब अफ बीरगञ्ज” गठन गरेका छन् ।
यस अघि बजारमा रहेको अस्वस्थ्य प्रतिस्पर्धाको नाममा लामो समयसम्म उधारोमा बीमालेख जारी राख्ने परिपाटीले गर्दा बीमा क्षेत्रमा नै बिकृतीहरु सृजना हुन थालेको अवस्थामा समितिद्धारा प्रेषित निर्देशनको प्रावधान पहिले देखि नै रहेको भएता पनि विगतका समयमा यस समस्याले गर्दा बजारमा अनेकौ चलखेल भइरहेको चर्चा सुनिन्थ्यो । कम्पनीहरुद्धारा दिईएको यस अव्यवसायिक सुविधाको फाईदा उठाउदै बीमाका ग्राहकहरु पनि उधारोमा नै बीमालेख जारी गर्न सिपालु भईसकेका थिए । यद्दपी बीमा ऐनमा उधारोमा जारी गरिएको बीमालेखले भोलीका दिनमा कुनै पनि जोखिम वहन गर्न कम्पनी बाध्य नहुने स्पष्ट उल्लेख गरिएता पनि यसै अनुसार व्यवसाय हुदै आईरहेको बीमा कर्मचारीहरु आपैm स्वीकार गर्छन । तर कम्पनीको टार्गेट र बजारमा बढदो प्रतिस्पर्धाले गर्दा नैतिक अनैतिक सुविधाहरु कम्पनीबाट उपलब्ध गराउदै आएको कर्मचारीहरु बताउदछन् ।
सवै कर्मचारीहरु एक जुट भई अब यस्ता कुरिति र बिकृतीहरु हटाउने अठोटसंगै नियमसंगत परिधिमा रही नगदमा मात्रै कारोबार गर्ने सहमति गरेका छन् । कार्यक्रममा वीरगञ्जमा शाखा रहेको निर्जिवन बीमा कम्पनीहरु नेको, प्रिमियर, लुम्बिनी, प्रुडेन्सियल, सिद्धार्थ, एनएलजी, नेपाल, जिआईसी, एभरेष्ट, नेशनल, सानिमा, आईएमई र युनाईटेड कम्पनीहरुका आधिकारिक व्यक्तित्वहरुको उपस्थितीमा अब उप्रान्त बीमा कर्मचारीहरु बीच समन्वय र सदभाव कायम राखि समितिको निर्देशन अनुरुप नगद जम्मा गरि बीमा लेख जारी गर्ने र आगामी दिनहरुमा थप सुधार गर्दै लैजाने प्रतिवद्धताका साथ अघि बढने सहमति भएको छ ।

Leave A Reply

Your email address will not be published.