Ultimate magazine theme for WordPress.

आइजिपी खन्नालको पावर हेराउदै सशस्त्र प्रहरी निरीक्षक थापाले पर्साको भिस्वा नाकाबाट शुरू गराए तस्करी

219

उमेश दुबे
पर्सा, २४ चैत्र / पर्साको दोस्रो नाकाको रूपमा चिनिने भिस्वा नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा व्यापक रूपमा तस्करी बढेको पाइएको छ । बोर्डर आउट पोस्ट भिस्वा बन्जारीका प्रमुखको रूपमा सशस्त्र प्रहरी निरीक्षक चुनराज थापा आउनसाथ आइजिपी शैलेन्द्र खन्नाल नामको फुर्ती हेराउदै तस्करीको लाइन खुलाएका हुन ।
भनिन्छ नेपाल प्रहरी र सशस्त्र प्रहरीले चाहे मात्रै ठुला तस्करीको लाइन खुलिन्छ तर बोर्डर आउट पोस्ट भिस्वा बन्जारीमा थापा आउनसाथ ट्रयाक्टरको माध्यमले कपडाको लाइन दिएको खुलासा भएको छ । पर्साको ग्रामीण तथा सीमा नाका नजिकै रहेको मिर्जापुरबाट लाइन दिएको सुचना आउनसाथ प्रदेश नम्बर २ बाहिणीबाट खटिएको सादा पोशाकको टोलिले आइसिपीको नजिकै करीब ७० लाख बराबरको कपडा बरामद गर्न सफल भएको थियो ।
सशस्त्र प्रहरीको नीति निर्देशन विपरीत तस्करी कार्यको लाइन दिएको आरोपमा प्रदेश नम्बर २ का बाहिणी प्रमुख डिआइजी प्रवीण श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक चुनराज थापालाइ तानेका थिए । तर सशस्त्र प्रहरी निरीक्षक थापाले सशस्त्र प्रहरी संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खन्नालको पावरले ७ दिनपछि पुन: फिर्ता भएका थिए । फिर्ता हुनसाथ सशस्त्र प्रहरी निरीक्षक थापाले भिस्वा नाकालाइ कमाइ खाने भाडो बनाएको सम्बन्धमा पटक पटक समाचार सम्प्रेषण भएपनी माथिल्लो निकायले कारवाही नगर्नु आइजिपी शैलेन्द्र खन्नालकै छ्त्र छायामा रहेको बारे प्रष्ट हुन्छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खन्नाल एउटा असल र इमन्दार रहेको बारे दुइमत छैन तरपनी महानिरीक्षकको फुर्ती हेराउदै ब्रम्हलूट मचाएका थापा माथी कारवाही नगरिनु बिडम्बनाको बिषय बनेको छ । सशस्त्र प्रहरी निरीक्षक रामराज थापाले रकम उठाउनको निम्ति सशस्त्र प्रहरी जवान रामराज यादवलाइ खटाएका छन ।
यता शान्ति सुरक्षाको जिम्मा पाएका नेपाल प्रहरीले समेत तस्करी बापत मोटो रकमको नजराना बुझने गरेको बताइएको छ । सीमा प्रहरी चौकी भिस्वाका प्रमुख बिजय शाहिले समेत ठुला वडा तस्करहरू सङ मोटो रकमको नजराना बुझेको तस्कर श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार प्रहरी हवलदार अरबिन्द्र दुबेको माध्यमले रकम लिने गरेको बताएका छन । प्रहरी हवलदार दुबेलाइ प्रहरी नायब निरीक्षक शाहिले घुमुवा सरह खटाउने गरेको प्रहरी श्रोतले जनाएका छन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संगठन प्रमुखकै नाममा सीमा नाकाबाट प्रहरीहरू कमाइ खाने भाडो बनाएपछी प्रहरी संगठनको नाम कता जाने हो सोचनु पर्ने कुरा हो । तसर्थ यस बिषयमा माथिल्लो निकायको ध्यान जानू अति आवाश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.