Ultimate magazine theme for WordPress.

आइजिपी खनालको आदेशलाइ धज्जी उडाउदै सशस्त्र प्रहरी निरीक्षक बानिया, सम्बन्धित निकाय मौन

346

पर्सा, २० बैशाख / मुलूकमा बढ्दै गएको कोरोना सन्क्रमितलाई मध्य नजर गर्दै सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनालले सीमा नाकाहरूमा कडा निगरानी बढाउन निर्देशन दिएपनी सशस्त्र प्रहरी निरीक्षक सन्जिव बानियाले आइजिपी खनालको आदेशलाइ धज्जी उडाएको पाइएको छ । पर्साको बोर्डर आउट पोस्ट भिस्वा बन्जारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जिव बानियाले आफ्नो मातहात रहेका सीमा नाकाहरूमा व्यापक रूपमा प्रहरी परिचालन गरेपनी मात्र रकम उठाउने र तस्करीको लाइन दिने गरेको पाइएको हो ।
कोरोनाको समयमा कडाइ गर्ने निर्देशन आए पश्चात् त्यसको फाइदा उठाउदै सशस्त्र प्रहरी निरीक्षक सन्जिव बानियाले आफ्नो नाकाबाट ठुला बडा तस्करलाइ लाइन दिएको बताइन्छ । ठुला बडा तस्करलाई एक्लै लाइन दिन नसक्ने कारणले आफ्नो माथिल्लो निकाय सशस्त्र प्रहरी गण नम्बर १३ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र डिआइजी चन्द्रप्रकाश गौतमले खटाएका स्कवाड टोलिलाइ समेतलाइ मिलाएर भिस्वा नाकाबाट तस्करीको लाइन दिएको बताइन्छ ।
यता प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद साहले मासिक ४ लाख तस्कर संगठन सङ्ग बुझे पश्चात् मौन धारण गरेको पाइन्छ । जनपथ प्रहरीको माथिल्लो निकाय लगायत स्थानीय प्रहरी चौकी लगायतमा मासिक १५ लाख रूपैया नजराना बुझाएको कारण तस्करी लाइनको बिषयमा कसैले चासो नदेखाएको एक जना तस्कर श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा लगायत प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरी जवान श्यामसुन्दर भनिनेलाइ समेत रकम बाडिएको उनले आरोप लगाए । नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत केही ठेकेदारहरूलाइ समेत रकम बाडिएको उनले बताए । पत्रकारिताको खोल ओढि तस्कर संगठनलाई ढाकछोप गर्ने कार्य गर्दै आएका केही बिचौलियाले समेत तस्कर संगठन सङ्ग मासिक २ हजारदेखी ५ हजारसम्म लिएको श्रोतले आरोप लगाए ।
भिस्वा नाकाबाट दिनहु ३० देखि ४० वटा ट्रयाक्टरको माध्यमले कवाड, चाइनिज स्याउ, छोकडा, केराउ, ब्राण, गिट्टी, बालुवा, रक्सी, चाइनिज कस्मेटिक समाग्री लगायतको तस्करी हुने गरेको स्थानीयले बताएका छन । स्थानीयले बताए अनुसार ३१ जना ठुला बडा तस्कर रहेको र तस्करी गराउने जिम्मा ४ जनाले लिएको बताए । भिस्वा नाका हुँदै लडु, पप्पु, मुन्ना, शशी, अशोक, इजहार, ताज, मुम्ताज, सहिद, बिरन, धनिलाल, पानालाल, मनिलाल, उदय लगायत ३१ जना तस्कर समूह रहेको संगठनले तस्करी गर्दै आएको स्थानीय श्रोतले दाबी गरे ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीले निगरानी बढाएको दाबी गरिरहेकै बेला यस्तो किसिमले तस्करीको लाइन खोलिनु संगठन माथी नै प्रश्न चिन्ह खडा भएको छ । तसर्थ यस बिषयमा सशस्त्र प्रहरी संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.