Ultimate magazine theme for WordPress.

गायिका अाशाले नारायणगाेपाललाई बम्बैमै बस्न सल्लाह दिइन् तर

70

मैले सुनेकी थिएँ कि उनी नेपालका मुख्य राम्रा गायक हुन्। भेट्ने मौका मिलेकै थिएन। एकदिन नेपाली फिल्म लाहुरेको रेकर्डिङमा मलाई कान्छा (रनजीत गजमेर) ले दुई ओटा गीत गाउनका लागि बोलाएका थिए। म स्टुडियो पुग्दा गानाको बुथमा कोही गाइरहेको थियो। त्यो आवाज सुन्ने बित्तिकै लाग्यो, एउटा अलग आवाज–बिल्कुल ताजा, भित्र छिर्यो। कान्छाले मलाई उनीसँग भेटाए, ‘उनी नै हुन् नेपाली गायक– नारायणगोपाल।’

मैले उनलाई बम्बैमै बस्न, संघर्ष गर्न सल्लाह पनि दिए तर उनलाई आफ्नै जन्मभूमि प्यारो थियो। आज कान्छाको मुखबाट उनले यो संसार छोडेको खबर सुने। एकदमै नरमाइलो लाग्यो। उनको गीत कानमा गुञ्जिन थाल्यो, ‘बादल हो यो बादल’। भगवानले उनको आत्मालाई शान्ति दिऊन्। उनकी श्रीमती र परिवारलाई यो आघात सहने शक्ति दिऊन्।

उनी एउटा सच्चा कलाकार थिए। मैले अन्येष्टिको फोटो हेरेँ र उनका प्रशंसकहरुको सम्पूर्ण वृतान्त सुनेँ– धन्य हुन् देश र देशवासी जसले आफ्नो कलाकारलाई यति स्नेह र माया दिन्छन्।

म भगवान्सँग प्रार्थना गर्छु उनलाई स्वर्गमा पनि उत्तिकै स्नेह मिलोस्।

Leave A Reply

Your email address will not be published.