Ultimate magazine theme for WordPress.

अबैध १५ लाख सहित ७० हजार बराबरको कपडा सशस्त्रको कब्जामा

732

उमेश दुबे
बारा, २४ जेष्ठ / बाराको सिम्रौणगढ नगरपालिकाको अमरपुर नाकाबाट सशस्त्र प्रहरीले १५ लाख नेपाली रूपैया सहित करीब ३० हजार बराबरको कपडा नियन्त्रणमा लिन सफल भएको छ । बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमान्डमा खटिएको टोलिले १५ लाख नेपाली रूपैया सहित २० हजार बराबरको कपडा नियन्त्रणमा लिन सफल भएको हो ।
भारतबाट झोलामा बोकि नेपाल भित्र्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई हेर्नसाथ तस्कर फरार भएपनी सशस्त्र प्रहरीले कपडाको पोका नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनुभयो । उहाले कपडा भित्र लूकाएको १५ लाख नेपाली रूपैया समेत सशस्त्र प्रहरी बलले बरामद गरेको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले आफ्नो कार्य क्षेत्र भित्र पर्ने बारा जिल्लाको सबै युनिटलाइ सीमा नाकामा कडा निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । उहाले नेपाल र भारतको सीमा खुल्ला भएको कारण सशस्त्र प्रहरीले चुनौतीको सामना गर्दै अगाडी बढेको बताए । सीमा नाकाबाट हुने अबैध क्रियाकलाप पूर्ण रूपले ठप्प रहेको ठोकुवा गर्दै गल्ती गर्ने युनिट कमान्डरलाइ समेत कारवाही गर्ने निर्देशन दिइएको बताउनु भयो ।
खुल्ला सीमाका कारण हुन्डी कारोबारीले विभिन्न हतकन्डा अपनाउदै आएको समेत यहि घटनाबाट प्रष्ट हुन्छ । विश्व लगायत देशभरी नै आतन्क मचाएको कोरोना भाइरस कहरको बेला सीमामा खटिएका सशस्त्र प्रहरीले २४ सै घण्टा सीमाको निगरानी समेत गरिरहेका छन । सशस्त्र प्रहरी बलको निगरानीले सीमाबाट हुने अबैध क्रियाकलाप बन्द हुनुको साथै हुन्डी कारोबारीहरूले अपनाएको विभिन्न हतकन्डाहरूको सपना समेत सशस्त्र प्रहरीले चकनाचुर पारेको यहि घटनाबाट प्रष्ट हुन्छ ।
यस अघी पनि सशस्त्र प्रहरीले सिमरौनगढ ईलाकाबाट एक लाख नक्कली नेपाली रुपैया सहित ब्यक्ती र सिमरा जितपुर ईलाकाबाट १२ लाख स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय नागरिकलाई नियन्त्रणमा लीई कारबाही प्रकृया अगाढी बढाएको थियो । तीन दिन अघी मात्रै बारा जिल्लाकै बिश्रामपुर गाउपालिका क्षेत्रबाट ठुलो परिमाणमा लागु औषध सहित ब्यक्ती पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
यता बाराको कल्याणपुर हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले करीब ५० हजार बराबरको कपडा नियन्त्रणमा लिन सफल भएको छ । भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा सीमामा खटिएका सशस्त्र प्रहरीले करीब ५० हजार बराबरको कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहले जानकारी दिनुभयो । उहाले बाराको बिश्रामपुर गाउपालिकाको कल्याणपुर नाका हुँदै नेपाल भित्रयाइरहेको अवस्थामा कपडा बरामद गरेको बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल न. १२ गण बाराले कोभिड १९ नियन्त्रणको लागि बारा जिल्लामा सात वटा बिओपीबाट १७ फरवार्ड पोस्ट निर्माण गरी कार्य गर्दै आएको छ । लक डाउन कार्यन्वयनको क्रममा बारा जिल्लामा सशस्त्र प्रहरी बलको परिचालन मजबुत तथा सिमानाकामा भएको कडाइको परिणाम स्वरुप यस्ता गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरी बलले सफलता प्राप्त गर्न सफल भएको आम बुझाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.