Ultimate magazine theme for WordPress.

अबैध तरिकाले नेपाल भित्रिएको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा पक्राउ

226

पर्सा, २७ पौष / पर्साको जिराभवानी गाउपालिका वडा नम्बर १ गम्हरियाबाट सशस्त्र प्रहरीले लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रयाएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बोर्डर आउट पोस्ट सुवर्णपूरबाट सशस्त्र प्रहरी निरीक्षक सागर मल्लको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । विशेष सूचना आउनसाथ आफ्नो कमान्डमा खटिएको टोलिले करीब २० हजार बराबरको लत्ताकपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक सागर मल्लले बताउनु भयो ।
यता नेपाल र भारतको सीमा स्थित रहेको बि.ओ.पि.का कमान्डरहरूलाइ डिआइजी राजु अर्यालले निगरानी बढाउन निर्देशन दिनसाथ कडा रूपले निगरानी बढाएका छन । सीमा नाकाहरूमा सशस्त्र प्रहरी बलको निगरानी बढ्नसाथ तस्करहरूमा हडकम्प मचेको छ ।

Leave A Reply

Your email address will not be published.