Ultimate magazine theme for WordPress.

अपरिचित दुई युवकद्वारा पत्रकार माथी आक्रमण

166

माघ २९ गते । पत्रकार सोम दियालीमाथी आक्रमण भएको छ । सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत दियालीमाथी मङ्गलवार बिहान अपरिचित दुई युवकले साङ्घातिक आक्रमण गरेका हुन् ।
हरिवनस्थित सुखेपोखरी मन्दिर नजिक रहेको चिया पसलमा मुखमा माक्स लगाएर आएका दुई युवकले आफूमाथी आक्रमण गरेका पत्रकार दियालीले बताउनुभयो । ओठ र आँखाको डिलमा गहिरो चोट लागेका पत्रकार दियालीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भैरहेको छ । आफूलाई के कारणले यसरी आक्रमण गरियो भन्ने बारेमा थाहा नभएको दियालले बताउनुु भएको छ ।
चिनजानकै एक युवकले चिया पिउनका लागि बोलाएपछि आफू हरिवनबाट सुखेपोखरी पुगेको र चिया पिउन बस्न खोज्दा आफूमाथी अचानक आक्रमण भएको पत्रकार दियालले बताउनुभयो । मैले रेडियोमै आउनु यत्तै चिया पिउँला भनेको उस्ले (फोन गर्ने युवक) होइन् सुकेपोखरीनै आउनु न भनेर आग्रह गरे, त्यसपछि म सुखेपोखरी नै पुगे, उसँग भेटेर कुर्सीमा बस्न मात्रै खोजेको थिएँ, अचानक आक्रमण भयो, मैले त्यसपछि केही थाहा पाइन, एकैचोटी अस्पतालको शैयामा आएपछि होश खुल्यो, दियालीले भन्नुभयो ।
पत्रकार दियालीलाई फोन गरेर बोलाउने युवकलाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्नहरुको नाम पहिचान भैसकेकाले खोजी तीव्र पारिएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
नेपाल पे्रस युनियनका प्रदेश पार्षद रहेका दियालीमाथी आक्रमण भएको घटनाप्रति घोर भत्र्सना गर्दै नेपाल पे्रस युनियन सर्लाही, नेपाल पत्रकार महासङ् सर्लाही लगायतका सञ्चार सङ्घसंगठनले दोषीलाई तत्काल पक्राउगरी कडा कारवाहीको माग गरेका छन ।

Leave A Reply

Your email address will not be published.