Ultimate magazine theme for WordPress.

अध्यक्ष यादवद्वारा मदर्साका छात्रालाइ ब्याग वितरण

46

वीरगन्ज, १६ चैत्र :
वीरगन्ज उपमहानगपालीका बहुअरी स्थित महिला मदर्सामा अध्यनरत मुस्लीम छात्राहरु संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले ब्याग बितरण गर्नु भएको छ । बुधबार बिहान जिल्ला अध्यक्ष प्रदिप यादवको प्रमुख आतिथ्य र कुलीया उमे कुलसुम लिलबनात मदर्साका प्रिन्सिपल श्रमती रोशनआरा खातुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा २३० छात्राहरुलाइ व्याग बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रदिप यादवले  मधेसको बिकासको लागी शैक्षिक  बिकास आवश्यक रहेको बताउदै छात्रहरुसगै छात्राहरुलाइ पनि शिक्षा तर्फ बढी भन्दा बढी आकर्षित गर्ने आफुहरुको मुख्य लक्ष्य रहेको बताउनु भयो । उहाले छात्राहरुको शैक्षिक उथ्थाका लागी ब्याग बितरन गरिएको नेता यादवले बताउदै भने,मधेसको आधा आकास ढकने महिलाको  बिकासबाट मात्रै नया मधेसको निर्माण हुन्छ ,त्यसकार हामी छात्राहरुको शैक्षिक बिकासको लागी समय समयमा विभिन्न रचनात्क कार्यहरु गर्ने नै छौ । कार्यक्रममा प्रिन्सिपल रोशन आराले व्यावबितर गरिएकोमा अध्यक्ष यादवलाइ धन्यवाद दिदै मुस्लीम छात्राहरुलाइ राजनैतिक दलबाट पहिलो र सराहनिय सयोग भएको बताउदै यसबाट झन बालीकाहरु अध्यन अध्ययापन तर्फ हौसिने बताउनु भयो ।
अध्यक्ष यादवले विद्यालयका कक्षा १ देखि ९सम्म अध्यनरत बालबालिकालाई दुई साय ३० थान  स्कुल ब्याग वितरण गर्नुृ भएको थियो  ।  कार्यक्रममा जिल्ला सदस्य आजाद हुसेन, इकाइ अध्यक्ष रफिक अंसारी,सचिव कासिम अंसारी,कोषाध्यक्ष दिलसाद अंसारी ,असलम आलम लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
उहाँले आउने दिनमा जिल्ला भित्र रहेका अन्य समादायिक विद्यालय लगयात सरकारी मदर्शामा अध्ययन गर्ने छात्राहरुलाई ब्याग तथा शैक्षिक समाग्री वितरण गर्ने फोरम नेपाल पर्साको योजना रेहको बताउनु भयो ।
सांसद श्रवण कुमार अग्रवालको संसदीय कोषबाट बिधालयमा अध्यन रत छात्राहरुलाइ उत्साहित गर्न संघीय समाजवादी फोरम नेपाल पर्सा जिल्ला समितीले शैक्षिक सामग्रीहि बितरण कार्यक्रम सुरुगरेको हो |

Leave A Reply

Your email address will not be published.