Ultimate magazine theme for WordPress.

अध्यक्ष यादवद्वारा तीन सय वालबालिकालाई स्कृल ब्याग वितरण

60

वीरगन्ज, १४ चैत्र – संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आज एक कार्यक्रमका बीच ३ सय वालवालिकालाई स्कुल ब्याग वितरण गर्नुृ भएको छ । पर्सा जिल्लाको मनियारी स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यलाय, परवानीपुरमा फोरम पर्साले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले तीन सय छात्र-छात्राहरुलाई स्कुल व्याग वितरण गर्नु भएको हो ।

सघीय समाजवादी फोरम नेपालका सांसद श्रवण कुमार अग्रवालको संसदिय कोषबाट विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरुलाई स्कुल ब्याग वितरण गरिएको पार्टीले जनाएको छ ।  समुदायिक विद्यलायमा अध्ययन गर्ने वालबालिकाहरुलाई  किताब, कापि, कलम  लगायतका शैक्षिक समाग्री राख्न समस्या देखिएपछि दुवै विद्यालयमा अध्यन गरिरेहका तीन सय जनालाई स्कुल ब्यग वितरण गरिएको अध्यक्ष यादवले बताए । उहाँले आउने दिनमा जिल्ला भित्र रहेका अन्य समादायिक विद्यालयमा समेत स्कुल ब्याग तथा शैक्षिक समाग्री वितरण गर्ने बताउनु भयो ।

बालबालिका देशको भविष्य र कर्णधार भएकाले विद्यलायमा अध्ययन गर्ने वालबालिकालाई उनको अध्ययनमा थोरै रोचकता थापन ब्यग वितरण गरिएको अध्यक्ष यादवको भनाई रहेको छ । फोरम पर्साले स्कुल बयाग वितरण गररेपछि विद्यार्थीमा अध्ययन प्रति उत्साह थपिने विश्वास नेराप्रवि मनियारीका प्रधानअध्यापक अशोक साहले वयक्त गर्नु भएको छ । स्कुल ब्यग,शैक्षिक समाग्री, खेलकुद समाग्री वितरणले विद्यालय अध्ययन तर्फ वालबालिकालाई आक्रशित गर्ने बताउदै प्रअ साहले विद्यार्थीहरुको उत्सावृद्धीमा सहयोग पुर्याउने फोरम नेपाल पार्टी र त्यसका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई धन्यवाद समेत दिनु भएको छ ।

कार्यक्रममा विद्यालयकी श्रोत व्यक्ति मिरा प्रधान, फोरम नेपाल  पर्साका क्षेत्र नम्बर  २का क्षेत्रीय सचिव राधाकृष्ण रौनिया, संजय मण्डाल, असलम अन्सारी लगायतकाको उपस्थिती रहको थियो ।

Leave A Reply

Your email address will not be published.