Ultimate magazine theme for WordPress.

अधिकारकर्मीको जिल्ला स्तरीय संजाल गठन

69

बीरगंज, माघ ११ : अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको भेलाले आज जिल्ला स्तरीय मानव अधिकार निगारानी समुह पर्सा गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साको संयोजनमा भएको भेलाले सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा संजाल गठन गरेको हो ।

उपाध्यक्षमा महिला अधिकार मंचका राजकुमारी यादव,सचिवमा बिकास नेपालका समसुल हवारी र कोषध्यक्षमा महिला जागरण समाज पर्साका निलम पन्त रहेकी छिन । त्यस्तै सदस्यहरुमा  अमर गौतम,अनुप तिवारी ,निला राम,शिवनाथ यादव ,कविता खड्का,छठु साह रहेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पर्साको गादी र मधुवन मथौल गाविसमा आर्थिक तथा सामाजिक अधिकारको क्षेत्रमा काम गर्दै छ । दुवै गाविसमा गाविस स्तरीय मानव अधिकार निगरानी समुह गठन भएको छ ।

शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा सरकारी सेवाले प्रवाह गर्ने सेवा नागरिकले पाउने वतावरणको निर्माणमा समुहले सहयोगी भूमिका निर्वाह गर्ने छ । जिल्ला स्तरीय संजालको कार्यक्षेत्र पनि स्वास्थ्य,शिक्षा र खाद्य अधिकारको अवस्थाको बिषयमा सचेतना प्रवाह गर्ने रहेको अध्यक्ष तवरेज अहमदले  बताए ।

उनले संजालले  नागरिकले पाउने सेवा सहज सरल रुपमा उपभोग गर्ने बतावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । भेला अनौपचारिक  क्षेत्र सेवा केन्द्र इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेको अध्यक्षतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.