Ultimate magazine theme for WordPress.

अज्ञात समुहद्वारा गोलि हानी पुजारीको हत्या

442

उमेश दुबे
पर्सा, ३ भाद्र / रौतहट जिल्लामा अज्ञात समुहले गोलि प्रहार गरि मन्दिरको पुजारीलाई हत्या गरेका छन । आज राती करीब ९ बजेको समयमा खाना खादै गरेको अवस्थामा पुजारीलाई अज्ञात समुहले गोलि हानी हत्या गरेका हुन ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया स्थित रहेको हनुमान मन्दिरको पुजारीलाई अज्ञात समुहले कन्चटमा गोलि हानी हत्या गरेको स्थानीयले जानकारी गराएका छन । पुजारी श्रीराम साह खाना खादै गरेको अवस्थामा अज्ञात समुहले गोलि हानी हत्या गरेको स्थानीयले जानकारी दिएका छन । यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खडकाले गोलि हानी हत्या गर्ने समुहको खोजी भइरहेको र यस बिषयमा अनुसन्धान गरिरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.